ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग पहिरो गएर बन्द, अरू सडककाे अवस्था के छ ?

काठमाण्डाै : ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग दुई ठाउँमा पहिरो गएर बन्द भएको छ । ललितपुरको छपेली र मकवानपुरको थिङ्गनमा हिजो बिहीवार गएको पहिरो हटाउन समस्या भएकाले बाटो पूर्ण रूपमा बन्द रहेको सडक विभागले जनाएको छ ।  यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको डोभिल्ला र नयाँ पुलमा गएको पहिरोले तीन दिनदेखि बाटो पूर्ण रूपमा बन्द भएको छ ।  बाढी तथा पहिरोका कारण गएको जेठ ३१ गतेपछि राष्ट्रिय स्तरका सडकको एक सय १८ ठाउँमा अवरोध भएकोमा १७ वटा सडक अझै पूर्ण रूपमा बन्द छन् । ६३ ठाउँको अवरोध हटाएर एकतर्...