सरकारी अस्पतालले नै निकाल्यो कोरोनाका बिरामी भर्ना नगर्ने सूचना !

कोरोना भाइरस संक्रमणको महामारीले बिरामीको चाप बढिरहेका बेला सरकारी अस्पतालले नै बिरामी भर्ना गर्न नसक्ने सूचना निकालेको छ । कर्णाली प्रदेशको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले शुक्रवार सूचना प्रकाशित गर्दै अक्सिजनको आपूर्ति हुन नसकेकाले बिरामी भर्ना गर्न नसकिने जनाएको छ । प्रदेश अस्पताल कर्णाली प्रदेशको ठूलो सरकारी अस्पताल हो । अस्पतालको सूचनामा लेखिएको छ, ‘नेपालगञ्जबाट आउने अक्सिजन यस अस्पतालमा आपूर्ति हुन नसकेको कारण हाल कोभिड–१९ को संक्रमण भई यस अस्पतालमा भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिन...