मित्रराष्ट्र चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोडसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आगामी फागुन १३, १४ र १५ गते नेपालमा हुने भएको छ ।
विश्वभर अभियान सञ्चालनका ३३ वटा देश र संस्था सहभागी भई गठन भएको बेल्ट एन्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट एलायन्स (ब्रिटा) को आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुन लागेको हो ।