आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आमाको नामबाट छोराछोरीले नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री खाणले यस्तो बताएका हुन् ।उनले छोराछोरीले आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान खुलाएपनि त्यसलाई सार्वजनिक नगरिने बताए । उनले भने, ‘आमाको नामबाट छोराछोरीले नागरिकता लिँदा बाबुको पहिचान खुलाउनुपर्ने भनिएको छ । तर स्वघोषणा सार्वजनिक हुँदैन । यो सरकारी अड्डामा मात्र हुन्छ । यो गोप्य दस्तावेजका रुपमा रहन्छ । आमाहरूको स्वाभिमानमाथि चोट नपुगेस् भन्नेमा