काठमाडौं : नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशनको मिति तोकिएको छ।युनियनको स्थापना दिवसको अवसर पारेर आगामी जेष्ठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको हो।युनियनको आज बसेको सचिवालयको बैठकले महाधिवेशनको मिति तोक्ने निर्णय गरेको कोषाध्यक्ष सरोज अधिकारीले जानकारी दिए।२०७१ भदौमा पोखरा महाधिवेशनपछि पटक-पटक मिति तोकिए पनि युनियनको महाधिवेशन हुन सकेको छैन।