काठमाडौँः मुद्दा मिलाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका सरकारी वकिल (सह–न्यायाधिवक्ता) सुरेन्द्रबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उच्च अदालत सरकारी वकिल कार्यालय कास्कीमा कार्यरत थापालाई अख्तियारले सेवाग्राहीसँग लिँदै गरेको पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको