काँग्रेस सभापतिमा निर्वाचित भएलगत्तै खड्काले गरे पार्टी भवन बनाउने घोषणा

नेपाली काँग्रेस इलामको पार्टी सभापति निर्वाचित भएपछि डम्बर खड्काले पार्टीको भवन निर्माणका लागि साढे पाँच आना जग्गा दिने घोषणा गरेका छन् । इलाम अस्पताल नजिक रहेको साढे पाँच रोपनी जग्गा पार्टी भवन निर्माणका लागि दिएका हुन् ।खड्काले पार्टी कार्यालय भवन निर्माणका लागि एक करोड रुपैयाँ दिने घोषणा गरेका थिए । सोही घोषणा बमोजिम करिब ९० लाख रुपैयाँ मूल्य बराबरको जग्गा पार्टी कार्यालयको भवन बनाउन दिने घोषणा गरेका हुन् ।‘इलाम बजारमा मेरो नाममा भएको जग्गा पार्टीलाई दिने घोषणा गरेको छु, प्रक्रिया पूरा