वनमन्त्री यादवले भने, ‘देशको थप जिम्मेवारीका कारण ‘मुस्कान’ खेल्दिन’

वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफूले फिल्म अभिनय नगर्ने बताएका छन् । सोमबार ‘मुस्कान’ फिल्म अभिनय गर्न लागेको समाचार बाहिर आएपछि मन्त्री यादवले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म अभिनय नगर्ने बताएका हुन् ।अभिनेता रमित ढुङ्गानाको निर्देशन रहने फिल्म ‘मुस्कान’ मा काम गर्न प्रस्ताव गरे पनि मन्त्रालय र देशको थप जिम्मेवारीका कारण फिल्ममा अभिनय नगर्ने उनले बताएका छन् । उनले लेखेका छन्, ‘‘मुस्कान’ फिल्मको विषयलाई लिएर अहिले विभिन्न सञ्चारमाध्यम र स