मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्कीमा खटिएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् ।कास्कीका तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत तीन सय ४४ मतदान केन्द्रका मतदान अधिकृत सम्बन्धित केन्द्र पुगी निर्वाचन प्रक्रियाअन्तर्गतका काम सुरु गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए ।जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । निर्वाचनमा समाचार सङ्कलनका लागि यसपटक सञ