भोलिसम्म काठमाण्डौ आइपुग्न मतदातालाई नाै दलीय गठबन्धनको निर्देशन

काठमाण्डाै – नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नाै दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई भोलि बुधवारसम्ममा काठमाण्डौ आइपुग्न निर्देशन दिएको छ । राष्ट्रपति चुनावका लागि गठबन्धनबाट बनेको कार्यदलको आज मङ्गलवार बसेको बैठकले सबै मतदातालाई भोलि बिहान ११ बजेसम्म काठमाण्डौ आइपुग्न निर्देशन दिएको हो । सिंहदरबारमा बसेको बैठकपछि गठबन्धन कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठकमा यही २५ गते हुने राष्ट्रपति चुनावका विषयमा छलफल भएको जानकारी दिनुभयो । त्यस्तै बैठ...