व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८/०७९ का लागि २४ करोड २९ लाख छ हजार ७३६ वितरण गरिने भएको छ । नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई उक्त रकम वितरण गर्न लागेको नगरपालिका कार्यालय तनहुँले जनाएको छ । त्रैमासिक बजेट निकासा भई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चौथो किस्तामा नपुग रकम रु चार करोड २४ लाख ३८ हजार ३३० राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माग गरिएको छ । ज्येष्ठ नागरिक ७० वर्ष पुगेकालाई चार हजार, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अशक्त अपाङ्गतालाई तीन हजार ९९० का