प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ । काउन्सिलले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार आचारसहिंता अभिमुखीकरण कार्यक्रममा उहाँले नयाँ ‘मिडिया’ का कारण उत्पन्न भएको चुनौती समाधान गर्न उक्त ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको हो । ‘डिजिटल प्लेटफर्म’ मार्फत सञ्चालित …