हिमाल, पहाड, तराईः कोही छैन पराई

मैले अध्ययन गरेका सबैजसो धर्ममा ईश्वर एक मात्र छन् । यद्यपि हिन्दू धर्ममा सुरुका ब्रह्मा, विष्णु र महेश्वर तीन भएपनि त्रिमूर्तिका रूपमा ती कहिले एक हुन्छन् त कहिले तीन पनि बन्छन् । मतलव सारमा तीन भएपनि ती एक हुन्, अर्थात परिस्थितिअनुसार कहिले एक र कहिले तीन । हिन्दू, ईसाई तथा इस्लाम यी तीनै धर्ममा ईश्वर निराकार, अलौकिक तथा सर्वव्यापी छन् । हिन्दू धर्ममा ईश्वरका सम्बाहक छैनन् भने इसाई धर्ममा सम्वाहकका रूपमा जिसस क्राइस्ट तथा इस्लाममा मोहम्मद छन् । इसाई धर्मको सुरुवात जिससबाट भएको हो भने इस्लाम धर