नागरिकसंगको कुराकानीमा पनि बिमलाले आफूले मन्त्री पदबाट मात्रै नभई सांसद र पार्टीबाट पनि राजीनामा दिने बताईन्। ‘मलाई मन्त्री पदबाट राजीनामा दिनु पर्यो राजीनामा लेख्नुस् भन्न आउनु भएको थियो,’ बिमलाले भनिन्, ‘तर मैले मन्त्रीबाट मात्रै हैन, सांसद र पार्टीबाट पनि एकैपटक राजीनामा दिन्छु भने पछि उहाँहरु जानु भएको हो।’