तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए

तातोपानी नाकाबाट आज दुईवटा कन्टेनर भित्रिएका छन् । एउटामा कच्चा ऊन र अर्कोमा हाइड्रोलगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए ।मङ्गलबारसम्म ११ कन्टेनर स्याउ, खुद्रा सामान तथा लसुन भित्रिएको पनि भन्सार कार्यालयले जनाएको छ । हिजो भने कुनै पनि समान नआएको बाँस्तोलाले जानकारी दिए । विसं २०७२ को भूकम्पपछि यो नाका सहज सञ्चालन हुन सकेको छैन । भूकम्पअघि दैनिक करोड बढी राजस्व तातोपानीबाट उठ्ने गरेको थियो । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै ब