काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुने गरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभएको छ । सोमवार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरू छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी आवश्यक भएकाले किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभएको हो ।
कृषिको विकासका लागि आवश्यक लगानी सरकारको सामर्थ्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ । कि...