अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा विभिन्न सदस्यहरूको उम्मेदवारी र मताधिकामाथि १० वटा दाबी विरोध परेको छ । समितिले मंगलबार साँझ ५ बजेसम्मका लागि दाबी विरोधको समय दिएको थियो । हाल अध्यक्षका प्रत्यासी रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ दुबै समूहले दाबी तथा विरोध गरेका छन् ।अध्यक्ष उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले सिन्धुली जिल्ला फुटबल संघले एन्फाका केन्द्रीय सदस्य रवीन्द्रनाथ कोजुको प्रतिनिधित्वमा निर्वाचन भएको हुँदा सम्पूर