पाकिस्तानले ताजिकिस्तानलाई घरेलु हतियार बेच्ने

एजेन्सी। पाकिस्तानले ताजिकिस्तानलाई घरेलु हतियार बेच्ने सम्झौता गरेको छ। ताजिकिस्तानका राष्ट्रपति इमान अली रहमानले दुई दिने पाकिस्तान भ्रमणका बखत बुधबार यो सम्झौता गरेका हुन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ताजिकिस्तानका राष्ट्रपति रहमानसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने, "हाम्रो रक्षा सम्बन्ध सुधारका लागि यो निकै महत्वपूर्ण छ।" दुई देशबीच शिक्षा, संस्कृति तथा कला उत्थानबारे पनि सम्झौता भएको छ।

सम्बन्धित सामग्री

अमेरिकाले इजरायललाई लगभग ७४ करोड डलर बराबरका हतियार बेच्ने

अमेरिकाका राष्ट्रपति जो बाइडनले इजरायललाई लगभग ७४ करोड डलर बराबरको प्रिसिजन गाइडेड हतियारहरू बेच्नका लागि स्वीकृति दिएको खबर द वाशिङपोस्ट पोस्टले सोमवार प्रकाशित गरेको छ । संसद्को परराष्ट्र मामिला समितिका एक प्रवक्ताका अनुसार, बाइडन प्रशासनले संसद्लाई मे ५ मा यसबारेमा जानकारी दिएको थियो । तर अधिकांश सांसदलाई यस विषयमा जानकारी आइतवारसम्म पनि थिएन । संसद्ले यस्ता सम्झौतामा आपत्ति जनाउनका लागि २० दिनको अवधि पाउँछ । ‘परराष्ट्र मामिला समितिमा पारदर्शिताको अभाव छ र संवेदनशील सम्झौताहरू निगरानी विना नै...

Lokaantar