दक्षिण कोरियाका लागि श्रमिक छनोट: सीप परीक्षामा ५९ प्रतिशत मात्रै उत्तीर्ण

रोजगार अनुमनि प्रणाली (ईपीएस)अन्तर्गतको सीप परीक्षामा भाषा परीक्षामा उत्तीर्ण गरेर सहभागी भएकामध्ये ५९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार पहिलोपटक लिइएको सीप परीक्षामा छ हजार ७७३ जना नेपाली परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन् ।