विश्वकप फुटबलको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले शानदार जित दर्ता गरेको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ए मा रहेको पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलको सहयोगमा लग्जेम्बर्गलाई ५–० ले पराजित गरेको हो । पोर्चुगलका लागि रोनाल्डोले ८, १३ र ८७ औँ मिनेटमा गोल गरेका हुन् । उनले सुरुका दुई गोल पेनाल्टी मार्फत […]