भक्तपुर– भक्तपुरमा चलिरहेको बिस्का जात्राअन्तर्गत भेलुखेलको योसिंख्योमा ५५ हात लामो योसिं (लिङ्गो) ठड्याइएको छ । विस्का जात्रामा हरेक वर्ष नयाँ वर्षको अघिल्लो दिन ५५ हाते योसिं:द्योलाई योसिंख्योमा उभ्याउने गरिन्छ । तर मध्यरातिसम्म योसिं:द्योलाई ठड्याउन नसकेपछि बिहीबार ठड्याइएको हो । ५५ हाते योसिं:द्योलाई आजै साँझ ढालिन्छ । अष्टमात्रिकाको प्रतीक मानिने लिङ्गो नागनागिनीको प्रतीकस्वरूप हंलिपतध्वजा बाँधेर फराइन्छ […]