काँग्रेस नेतृ उमा रेग्मीलाई तीन पद

नेपाली काँग्रेसको भ्रातृ संघ महिला संघको अध्यक्ष पद रिक्त भएको चार महिना हुँदासमेत नेतृत्व चयनतर्फ पार्टीको ध्यान जान सकेको छैन । संघकी अध्यक्ष उमा रेग्मी वर्तमान सरकारमा मन्त्री बनेपछि संघ नेतृत्वविहीन छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोजमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए ।उनी २९ भदौ २०७३ मा महिला संघको अध्यक्ष निर्वाचित भएकी थिइन् । संघकी अध्यक्ष रेग्मी मन्त्रीका साथै काँग्रेस केन्द्रीय सदस्यसमेत हुन् । हालै उनलाई काँग्रेस सभापति देउवाले केन्द्रीय