काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रौतहटको गरुडामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
गरुडा शाखाबाट आधुनिक बैंकिङ सुविधाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैंकले बताएको छ ।
हाल बैंकले १६८ शाखा, १११ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सुविधा दिँदै आएको छ ।