सस्तो जग्गाको खोजीमा हुनुहुन्छ ? रामकोट र चापागाउँमा छन् प्रतिआना ९ लाख रुपैयाँमा सयौं टुक्रा घडेरी

पुस ११, काठमाडौं। काठमाडौं उपत्यकामा पहिलोपटक जग्गा किन्दै हुनुहुन्छ र सस्तो जग्गाको खोजीमा हुनुहुन्छ भने तपाईको लागि रामकोट र चापागाउँ सही गन्तव्य हुन सक्छन्।  चक्रपथबाट ५/६ किलोमिटर टाढा रहेको रामकोट र ९/१० किलोमिटर टाढा रहेको चापागाउँमा प्रतिआना ९/१० लाख देखि १५/१६ लाख रुपैयाँ प्रतिआनाका दरमा सयौं टुक्रा घडेरी विक्रीमा रहेका छन्। नेपाल लिभिङ रियल स्टेट कम्पनीका अनुसार सितापाइलाबाट ९ किलोमिटरको दुरीमा प्रतिआना ९ लाख रुपैयाँका दरले घडेरीहरु विक्रीमा रहेका छन्। ८ मिटर पिच सडकमै रहेको ३ रोपनी जग्गा प्रति आना ९ लाख रुपैयाँका दरले विक्रीमा रहेको छ। घरजग्गा सुविधा नेपालका अनुसार रामकोट भिमढुङ्गामा प्रतिआना १३ लाख रुपैयाँका दरले टुक्रा घडेरीहरु विक्रीमा रहेका छन्। सीतापाइला चक्रपथबाट ६ किलोमिटर मात्रै टाढा रहेको भिमढुङ्गामा १६ फिट बाटोमा प्रतिआना १३/१४ लाख रुपैयाँका दरले प्लटिङका घडेरीहरु विक्रीमा राखिएको छ। नेपाल लिभिङकै अनुसार रामकोटमा ३ आनाभन्दा ठूला टुक्रा घडेरीहरु प्रतिआना १६ लाख रुपैयाँमा उपलब्ध छन्। सीतापाइला चक्रपथबाट ६ किलोमिटर नै टाढा रहेको यो प्लटिङमा ४ मिटर चौडा बाटोमा ३ आनादेखि ३० रोपनी सम्म जति जग्गा लिएपनि प्रतिआना १६ लाख रुपैयाँमै उपलब्ध छन्।  त्यस्तै लक्जरी प्रोपर्टीका अनुसार सीतापाइला रिङरोडबाट ४ किलोमिटरको दुरीमा प्रतिआना २५ लाख रुपैयाँमा टुक्रा घडेरीहरु विक्रीमा रहेका छन् । मुख्य बाटो २० फिट र प्लटिङभित्र १३ फिटे बाटोमा २५ लाख रुपैयाँका दरले टुक्रा घडेरीहरु विक्रीमा रहेका छन्। प्रभु रियलस्टेटका अनुसार चापागाउँमा प्रतिआना १० लाख रुपैयाँका दरले घडेरीहरु विक्रीमा रहेका छन्। चापागाउँ बसपार्क नजिक मुलडोलमा १६ फिट पिच बाटोमा रहेको र तुरुन्तै घर बनाएर बस्न मिल्ने जग्गाहरु प्रतिआना १० लाख रुपैयाँमा विक्रीमा राखिएको हो। त्यस्तै घरजग्गा किनबेच ललितपुरका अनुसार चापागाउँमै प्रतिआना १६ लाख रुपैयाँका दरले पनि प्लटिङको घडेरीहरु विक्रीमा रहेका छन्। मुख्य बाटो २० फिट र प्लटिङ भित्र १६ फिट बाटो भएका घडेरीहरु प्रतिआना १६ ला रुपैयाँका दरलेनै विक्रीमा राखिएको हो।

सम्बन्धित सामग्री

भन्सार छलीका सवारी साधनसहित ३ जना पक्राउ

१५ चैत, काठमाडौं । भन्सार छलेर भारतबाट ल्याइएका सवारी साधनसहित तीन जना पक्राउ परेका छन्. । पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोट घर भएका २७ वर्षीय किशोर गिरी, धादिङको धुनिबेशी नगरपालिका–७ घर भएका २७ वर्षीय प्रवीण गिरी र काभ्रेको महाभारत गाउँपालिका–२ घर भएका ३० वर्षीय रमेश गिरी छन्. । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]

गुरुकुल गाउँ फर्काउन धार्मिक महोत्सव

बिहुँ रामकोट मन्दिरमा यहि मंसिर २२ गते देखि २८ गतेसम्म बिहुँकोट धार्मिक महोत्सव २०७९ आयोजना गरिएको हो।...

काठमाडौंको रामकोटस्थित मकैबारीमा एक युवक मृत भेटिए

काठमाडौः काठमाडौंको नागार्जुनमा एक युवक मृत भेटिएका छन्। नागार्जुन नगरपालिका रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मृत भेटिएका हुन्। मकैबारीमा गिरीको शव भेटिएको प्रहरीले जानकारी दिउको छ। गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

रामकोट सामूहिक आत्महत्या प्रयास: तीनजना अझै भेन्टिलेटरमा

काठमाडौंको रामकोटमा सामूहिक आत्महत्याको प्रयासपछि उपचाररत् ३ जना अझै भेन्टिलेटरमा छन्। उपचाररत् ४ जनामध्ये एकको स्वास्थ्य अवस्थामा सुधार आएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार ३५ वर्षीय मन्दिरा प्रधानको स्वास्थ्य स्थितिमा सुधार देखिएको हो।

रामकोट घटना : ११ वर्षकी सुप्रियासिहत विष पिउनुअघि उनीहरूले लेखेको ‘सुसाइड नोट’

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोट स्थित डाँडापौवामा सोमबार राति विष पिएका ४ जनाको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदै छ । ३३ वर्षका सुवर्णमान प्रधानको मृत्यु भयो । मनमोहन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको मध्ये ३८ वर्षका भीम प्रधान र ३५ वर्षीया मन्दिरा प्रधान पति–पत्नी हुन् । ६२ वर्षीया इन्दिरामाया प्रधान चाहिँ भीमकी आमा […]

रामकोटमा एकै परिवारका पाँच जना बेहोस, एकको मृत्यु

काठमाडौंको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार...

रामकोट घटनाका परिवारले लेखेको नोट फेला, घटनाको कारण खोतल्दै प्रहरी

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएको परिवारका ५ जनामध्ये ४ जनाको गम्भीर अवस्थमा उपचार भइरहेको छ । ६२ वर्षीया इन्दिरामाया प्रधान सहित विष पिएका ४ जनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको हो ।  ३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृत्यु भयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार भेन्टिलेटरमा उपचार गराइरहेको चार जना बोल्न सक्ने अवस्थामा छैनन् ।इन्दिरामाया प्रधानसहित  ३८ वर्षका भि

पर्यटकको पर्खाइमा रामकोट

चिटिक्क परेका घर। घर अगाडि ढुङ्गा छापिएको सडक। प्रत्येक घर अगाडि मकैको सुली। तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–३ मा रहेको रामकोट गाउँको चिनारी हो यो। मगर जातिको बसोबास रहेको यस ठाउँका स्थानीयवासीले घरवास सञ्चालन गरेका छन्।