घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दसैँको चटारो छ । किनमेलसँगै काम टुङ्ग्याएर दसैँ मनाउने योजनामा अधिकांश कलाकर्मी रहेका छन् । काम र कार्यक्रममा व्यस्त हुने कलाकर्मीले दसैँलाई भेटघाटको अवसरका रूपमा लिएका छन् । अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले दसैँलाई भेटघाटका रूपमा सदुपयोग गर्नुहुन्छ । उहाँ यसपटक चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को प्रदर्शनका कारण …