एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिंदैन : माधव नेपाल

२८ माघ, वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिएका हुन् । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै […]

सम्बन्धित सामग्री

माधव नेपाल भन्छन् : यथास्थितिमा एमसीसी पास गर्न सकिन्न

वीरगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी पास गराउन लागि परेका वेला सत्ता साझेदार दलका अर्का नेता माधव कुमार नेपालले एमसीसी पास गर्न नसकिने बताएका छन् । समाजवादी प्रेस संगठन पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा उनले एमसीसी पास नसकिने बताएका हुन् । ‘एमसीसीलाई आँखा चिम्लेर पास गर्न सकिदैन ।’ एकिकृत समाजवादी पार्टीका अध्यक्ष […] The post माधव नेपाल भन्छन् : यथास्थितिमा एमसीसी पास गर्न सकिन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

माधव नेपाल भन्छन्ः एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिंदैन

जनकपुरधाम। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताएका छन्। वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसी आँखा चिम्लेर पास गर्न नसकिने बताएका हुन्।