१०० किलो सुन प्रकरण : अब सिआइबीले गर्ने भयो थप अनुसन्धान

काठमाडौं : एक क्वीन्टल सुन तस्करी प्रकरणबारे अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम उक्त घटनामा सिआइबीले अनुसन्धान गर्न लागेको हो। त्यस विषयमा हिजो राति प्रधानमन्त्री दाहालले  गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सिआइबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंग