गतवर्ष ७० रुपैयाँ पुगेको गोलभेंडा दुई रुपैयाँ किलोमा पनि बेच्न कठिन, टनेलभित्रको गोलभेंडाले जोखिममा किसान

काठमाडौं : शनिवार मेरो किसानले दराज अनलाइनमा अफर भन्दै गोलभेंडा किलोको ९ रुपैयाँ भन्दै बिक्रीका लागि राख्यो। एकसाता अघिसम्म किलोको ४० रुपैयाँमा मेरो किसानले गोलभेंडा बिक्री गर्दै आएको थियो। तर एक साताकै बीचमा एकाएक ९ रुपैयाँ किलोमा गोलभेंडा कसरी बिक्रीका लागि राख्यो? मेरो किसानका प्रबन्ध निर्देशक अविनाश सिलवाल भन्छन्, ‘उत्पादन…