संवैधानिक इजलासमा महान्यायाधिवक्ता रमेश बडालले काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरूको हस्ताक्षर दुरुपयोग गरेको दाबी गरेका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि विपक्षीका तर्फबाट बहस गर्दै बडालले गणेश पहाडी र सरला यादवसहितका सांसदहरूको हस्ताक्षर दुरुपयोग भएको बताए ।उनले हस्ताक्षर दुरुपयोग गरिएका कारण लिखत सम्बन्धी कसुरमा कारबाही अगाडि बढाउन इजलासले आदेश गर्नुपर्ने मागसमेत गरे ।बडालले रिट निवेदकलाई कारबाही गर्न आग्रह गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले उ