महोत्तरी – महोत्तरीमा बोक्सा–बोक्सी भएको आरोपमा एक पुरुष र एक महिलालाई कुटपिट र अमानवीय व्यवहार गरिएको छ ।
प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय पुरुष र ५५ वर्षीया महिलालाई हिजाे बिहीवार बेलुकी बोक्सा–बोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको पाइएकाे हो ।
स्थानीयवासीका अनुसार बेलुकी ६ बजे केही महिला भेला भएर दुवै जनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन् । घटनालगत्तै इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरी दुवै जनालाई उपचारका लाग...