सन्दीप क्षेत्री बने हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर
हाम्रो पात्रोले बुधबारदेखि लागू हुनेगरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो। हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए।
काठमाडौं। हास्य कलाकार सन्दीप क्षेत्री हाम्रो पात्रोको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड १ करोड पुरा भएको उपलक्ष्यमा क्षेत्रीसँगसहकार्य गर्न लागिएको बताए ।उप्रेतीले कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको बताए । उनले हाम्रो पात्रोको व्यवसायिक प्रवर्द्धनमा कलाकार सन्दीप क्षेत्रीको साथले अझ अगाडि बढ्न सहयोग गर्ने अपेक्षा गरेको बताए । यसैगरी, हास्य कलाकार क्षेत्रीले हाम्रो पात्रो आम नेपालीको जनजीवन सहज बनाउने एप भएको