लोकगायक नविन पौडेललाई भ्रष्टाचार विरुद्धको गीत पुरस्कार प्रदान गरिने भएको छ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एकहजार डलर राशिको ‘भ्रष्टाचार विरुद्धको गीत’ पुरस्कार पौडेललाई प्रदान गर्ने जनाएको छ । फाउन्डेसनका नेपालका संयोजक राधेश्याम लेकालीले पुरस्कार सार्वजनिक गरेका हुन् ।हेम–सरिता पाठक प्रतिष्ठानले यस अगाडि एक हजार डलरको ‘भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता’ र दुई हजार अमेरिकी डलर राशिको ‘टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार&rsqu