हलियामुक्ति घोषणाको १४ वर्ष पूरा : जीविकोपार्जनका नयाँ अवसर खोज्न नसक्दा मुक्त हलियाको अवस्था उस्तै

काठमाण्डाै - सरकारले हलिया मुक्तिको घोषणा गरेको १४ वर्ष पूरा भएको छ । २०६५ साल भदौमा हलिया प्रतिनिधि र सरकारबीच भएको पाँच बुँदे सहमति अनुसार हलिया प्रथाको अन्त्यको घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २१ गते हलिया मुक्ति दिवस मनाउने गरिन्छ। सरकारले सहमति र प्रतिबद्धता गरेअनुसार हलिया पुनर्स्थापनाको काम भने हुन सकेको छैन । सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रमाणीकरणमा परेकामध्ये २० प्रतिशत मुक्त हलिया परिवार पुनःस्थापनाको पर्खाइमा छन् । नौ प्रतिशत मुक्त हलियाले पुनःस्थापनाका लागि अन्तिम किस्ता रकम पाउन सकेका छैनन् । ...