पानी माग्दै पूर्वप्रधानमन्त्री खनाल खानेपानी कार्यालयमा

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौंमा पानीको हाहाकार भएको भन्दै समस्या समाधानका लागि उपत्यका खानेपानी लिमिटेडको ध्यानाकर्षण गराएको छ। पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा पार्टीको महानगर कमिटीले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा पचासौं अर्ब खर्च गरेको मेलम्ची आयोजना सुरु भएको ३ दशक पुगे पनि नियमित पानी दिन नसकेको भन्दै आलोचना गरिएको छ। महानगरका ३२ वटै वडाको घरका धाराहरुमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था तत्काल गर्न पनि उनीहरूले

सम्बन्धित सामग्री

मेलम्चीको पानी छिटो देऊ : पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँ बासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा छिटो वितरण गर्न माग गर्दै खनालले लिमिटेडलाई ज्ञापन पत्र समेत बुझाउनु भएको छ ।