विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न चेतावनी

 नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारबाहीको चेतावनी दिएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार गत कात्तिक ७ देखि नेपालमा क्लिन फिड नीति लागू भएको हो । यो नीति कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँदैनन् । ऐनमा विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित प्रसारण गर्न अनुगमन गर्न र नेपाली विज्ञापनको नियमन गर्न विज्ञापन बोर्ड स्थापना गर्ने उल्लेख छ । ऐनमा उल्लेख भ...