‘अरू शहरले प्रगति गरे विराटनगर उस्तै रह्यो’

देशका अरू क्षेत्र विकासमा पछिपरेका बेला विराटनगरले ‘आर्थिक राजधानी’ को ट्याग पाएको थियो । तर, अहिले धेरै ठाउँमा नयाँ–पुराना शहर बसे, अरूले विराटनगरलाई उछिने ।

सम्बन्धित सामग्री

विराटनगर आईसीपीको कस्टम यार्ड सात दिनभित्र कार्गो अनलोडको पूर्वाधार

विराटनगर । विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्रमा रहेको नेपाल कस्टम यार्डमा भारत र तेस्रो मुलुकबाट आयात हुने मालवस्तु अनलोड गर्न १ साताभित्र सम्पूर्ण तयारी पूरा हुने भएको छ । त्यहाँ नेपाल रेलवे कम्पनी लिमिटेडको कार्यालयसमेत स्थापना हुने कम्पनीको विराटनगर कार्यालयका प्रशासन प्रमुख छोटु यादवले जानकारी दिए ।  रेलवे लिक मर्मत गर्नुपर्ने देखिएको र कार्यालय स्थापना गर्न १ साता लाग्ने भएकाले त्यसपछि उद्योगी व्यवसायीले कुनै पनि मालवस्तु नेपाल कस्टम यार्डमा ल्याए अनलोड गरी ट्रकमा लोड गर्न सकिने उनले बताए । उद्योगी व्यवसायीले नेपाल कस्टम यार्डमा पूर्वाधारको कारण देखाउँदै सामान मगाएका छैनन् ।  नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको ८ महीना बित्दा पनि भारतको कोलकाता बन्दरगाहबाट आईसीपीसम्म कार्गाे रेल सञ्चालन हुन नसकेपछि भारतका लागि नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसहितको टोली केही अघि विराटनगर आएर उद्योगी व्यवसायीसँग छलफल गरेको थियो । उक्त छलफलपछि निजीक्षेत्रका व्यवसायीले कार्गाे नेपाल कस्टम यार्डमा ल्याउन पहल गरेका थिए । कोलकाता बन्दरगाहबाट आईसीपीसम्म चारओटाबाहेक अन्य वस्तु ल्याउन नपाउने सम्झौता भएकोले आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेलमा सामान आउन नसकेको निजीक्षेत्रले बताउँदै आएको छ । अहिले आईसीपीको भारतीय क्षेत्रसम्म मात्र माल ढुवानी हुँदै आएको छ ।  अन्य वस्तु पनि ढुवानी गर्न पाउने गरी सम्झौतालाई सहज बनाउन नेपाल र भारतका अधिकारीबीच पटकपटक वार्ता भए पनि उत्साहजनक प्रगति भएको छैन । विराटनगरका लागि कोलकाता सबैभन्दा नजिकको बन्दरगाह हो । भारतको बथनाहादेखि नेपालको कटहरीसम्म रेलवे विस्तार चालू छ । बथनाहाबाट आईसीपीसम्म कार्गो रेल सञ्चालनमा आइसकेको छ । कार्गो रेल सञ्चालनमा समस्या भएपछि सरकारी स्वामित्वको नेपाल रेलवेको कार्यालय स्थापना गरेर सहजीकरण गर्न लागिएको हो । यसले नेपालको रेलमार्गमा रेल सञ्चालन गर्छ । मुख्यालय जनकपुरमा रहेको कम्पनीले विराटनगरमा शाखा स्थापना गरेर काम शुरू गरेको छ ।  विराटनगर शाखाका लागि प्रशासन प्रमुखका रूपमा छोटु यादवलाई खटाइएको छ । यादवले विराटनगर शाखा इन्चार्जका रूपमा काम अघि बढाउनेछन् । यादवले आफू ७ दिनअघि मात्रै आइपुगेकाले अवस्था अध्ययन गरिरहेको बताए । ‘रेलवे यार्डमा केही टुटफुट देखिएको छ, मर्मत गर्न ७ दिन जति लाग्छ,’ उनले भने । उनले कार्गो रेल सञ्चालनमा देखिएको समस्या समाधान गर्ने विषयमा उद्योगी–व्यापारीले उठाएका विषय केन्द्रीय कार्यालयसम्म पुर्‍याउन सहजीकरण गर्ने र रेलमार्फत आयात हुने मालवस्तुका लागि भारतको रेलवे कम्पनीको कटिहार र बथनाहास्थित स्टेशनसँग सम्पर्कमा रहने जानकारी दिए । ‘पहिले कार्यालय पूर्ण रूपमा स्थापना गर्नुपर्नेछ,’ इन्चार्ज यादवले भने, ‘त्यसपछि सेवाग्राही र वस्तु आयातनिर्यातसँग जोडिएका सरोकारवाला पक्षसँग परामर्शमा काम गर्ने कार्यादेश छ । उनले रेलवेको शाखा कार्यालय विराटनगर–१८, आईसीपीनजिक रहेको नेपाल कस्टम यार्डमा स्थापना भएको जानकारी दिए । कोलकाता बन्दरगाहबाट सिमेन्ट, कोइला, क्लिंकर र मलमात्र ल्याउन पाउने सम्झौता भएका कारण उद्घाटन भएको ८ महीना बित्दा पनि विराटनगरस्थित आईसीपीमा कार्गाे ढुवानी हुन सकेको छैन ।

…अनि टुट्यो बुढेसकालको सहारा

११ फागुन, विराटनगर । शुक्रबार बिहान करिब साढे ७ बजे ज्योति अधिकारीका ५ वर्षीय जुम्ल्याहा छोराछोरी घरमै रहेको किराना पसल अगाडि खेलिरहेका थिए । बुढीगंगा गाउँपालिका– ४ प्रगति टोलमा रहेको अधिकारीको घर सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरको सडकसँगै जोडिएको छ । नहरको सडकमा कालोपत्रे गर्नका लागि गिटी बिछ्याइएको थियो । साँघुरो सडकमा २४ सै घण्टा […]

ऋण नउठेपछि ऋणीको आँगनमा आत्मदाह

२० वैशाख, विराटनगर । रकम फिर्ता नगरेपछि विराटनगरमा एक वृद्धले ऋणीको घर अगाडि आत्मदाह गरेका छन् । विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले विराटनगर महानगरपालिका–४ तित्रिगाछीका प्रगति भनिने गति पोखरेलको घर अगाडि आत्मदाह गरेका हुन् । १४ वैशाखको बिहान करिब साढे १० बजे पोखरेलको घरमा पुगेर नेपालले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको […]

विराटनगर भन्सार कार्यालय : चार वर्षदेखि लक्ष्यअनुसार राजस्व उठेन

मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।हेर्नुहोस् यो वर्षको मासिक राजस्वको लक्ष्यविगत ११ वर्षमा वि

प्रदेश १ नगरसभाः निर्वाचनका बेला जनतामाझ गरेको वाचा ९० प्रतिशत पूरा भएको दाबी

मोरङ – आर्थिक वर्ष ०७८/७९ को बजेट संशोधन, ऐन कानुनको विधेयक स्वीकृत तथा अर्धवार्षिक प्रगति समीक्षा, संशोधित नीतिलगायतलाई स्वीकृत गर्र्दै विराटनगर महानगरपालिकाले नवौं अधिवेशन सम्पन्न गरेको छ। विराटनगर महानगरपालिकामा आइतबार आयोजित नगरसभालाई सर्वसम्मत रूपमा सम्पन्न गर्ने क्रममा मेयर भीम पराजुलीले स्थानीय तहको निर्वाचनका बेला जनतामाझ गरेको वाचा ९० प्रतिशत पूरा गरेको दाबी गरेका थिए। नगरसभालाई […]

विराटनगर भन्सारको राजस्वमा दैनिक ९ करोडको कमी

विराटनगर । जोगबनीबाट ४ किलोमिटर दक्षिण पश्चिम परवाना नदीमाथि रहेको बेलिब्रिज भासिएपछि विराटनगर भन्सार कार्यालयको राजस्वमा दैनिक ९ करोडको कमी आएको छ । सामान्य अवस्थामा विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड राजस्व संकलन गर्दै आएको थियो । अहिले दैनिक बढीमा ५ करोड मात्र संकलन हुँदै आएको छ । परवाना नदीमाथि रहेको बेलीब्रिज पटकपटक भासिँदा भन्सार कार्यालयको राजस्व संकलन प्रभावित हुँदै आएको छ । चार वर्षअघि पनि साउनमा उक्त नदीमाथिको बेलीब्रिज भासिएको थियो, जुन मर्मत भएर पुनः सञ्चालनमा आउन ४ महिना लागेको थियो । भारत सरकारले परवाना नदीमाथिको बेलीब्रिज भन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पक्की पुल निर्माण गरिसकेको छ । उक्त पुल सञ्चालन हुन नसक्दा मालवस्तु बोकेर आएका ट्रक र लरीहरू फारविगञ्जबाटै सुनसरीको भण्टाबारीतिर मोडिने गरेका छन् । भारतको अररिया जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेश गर्ने गाडी नेपालको भण्टाबारी नाकाबाट इनरुवा, इटहरी, दुहवी, विराटनगर हुँदै आईसीपी पुगेर भन्सार चेकजाँचपछि पुनः गन्तव्यमा अनलोड गर्नुपर्ने अवस्था छ । सामान्य अवस्थामा विराटनगर भन्सारमा दैनिक २०० देखि ३०० मालवाहक गाडी प्रवेश गरेर जाँचपास हुने गरेकोमा अहिले मुश्किलले  १५० ओटा मात्रै जाँचपास भइरहेको भन्सारका सूचना अधिकृत रामचन्द्र ढुंगानाले जानकारी दिए । उद्योग संगठन मोरङका कोषाध्यक्ष तथा उद्योगी विपीन कावराले विराटनगर नाकामै अनिवार्य आउने बाहेकको सामग्री उद्योगीहरूले अन्य नाकातिर डाइभर्ट गरेको बताए । चार वर्षअघि मिरगञ्ज पुल भासिँदा पनि उद्योगी व्यवसायीले विराटनगर नाकाबाट पैठारी गर्ने मालवस्तु भैरहवा, वीरगञ्ज र काँकडभिट्टा नाकाबाट प्रवेश गराएका थिए । तेस्रो मुलुकबाट आउने सामानमा प्रतीतपत्र खोलिएको बैंकबाट प्रवेश गर्ने नाका परिवर्तन गर्न सकिने भएकाले विराटनगर नाकाबाट आउने सामानको नाका परिवर्तन गरिएको हो । सूचना अधिकृत ढुंगानाका अनुसार कार्यालयले साउनयता हरेक महिना लक्ष्यको ९२ प्रतिशतभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो । तर पुल भास्सिएपछि पुसको २३ देखि ३० गतेसम्म पैठारी अत्यन्त न्यून हुँदा लक्ष्यको ७६ प्रतिशतमात्र भएको छ । पुसको असरले अर्धवार्षिक अवधिमा ८९ प्रतिशतमात्र प्रगति देखिएको छ । चालू आवको पुस मसान्तसम्ममा २४ अर्ब ४३ करोड ३२ लाख राजस् असुलीको लक्ष्यमा २१ अर्ब ७९ करोड २५ लाखमात्र संकलन भएको छ । यसमध्ये भन्सार महसुलको १२ अर्ब ३८ करोड ४६ लाखको लक्ष्यमा ९ अर्ब ३६ करोड ४५ लाख, मूअकरको १० अर्ब १९ करोड ३ लाखको लक्ष्यमा १० अर्ब ९४ करोड २७ लाख र अन्तःशुल्कको १ अर्ब ८५ करोड ८३ लाखको लक्ष्यमा १ अर्ब ४८ करोड ५३ लाख प्रगति भएको तथ्यांक कार्यालयले उपलब्ध गराएको छ । विराटनगर भन्सारलाई पुस मसान्तसम्ममा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट प्राप्त भएको छ । मोटरसाइकलको पैठारीबाट १ अर्ब ४३ करोड ४० लाख रुपैयाँ संकलन गरिएको छ । दोस्रोमा पेट्रोलबाट १ अर्ब २७ करोड ६८ लाख, तेस्रोमा तयारी कपडाबाट १ अर्ब २० करोड ६० लाख र चौथोमा पोलिथिन दानाबाट १ अर्ब १ करोड ३१ लाख असुली गरिएको छ  । कार्यालयले एलपी ग्यासबाट ७२ करोड ५१ लाख, स्टील वायर रड क्वाइलबाट ७१ करोड ४९ लाख, एमएस बिलेटबाट ६२ करोड ६२ लाख, सूर्यमुखीको कच्चा तेलबाट ५९ करोड ६६ लाख, भटमासको कच्चा तेलबाट ५८ करोड र कच्चा पाम तेलबाट ५१ करोड १ लाख संकलन गरिएको बताएको छ ।

माओवादी महाधिवेशन- ‘विराटनगर मोडल’ निम्तिने खतरा

माओवादी विराटनगर सम्मेलनबाट पदाधिकारी विना काठमाडौं फर्किएको थियो । माओवादीमा अहिले पनि ठ्याक्कै त्यही अवस्था छ । समिति घोषणा गर्ने, धेरै प्रगति भएको अवस्थामा अध्यक्ष तोक्ने तर पदाधिकारी अनिश्चित हुने। माओवादीका हरेक संगठनमा अहिले यही ‘विराटनगर मोडल’ कार्यान्वयन भइरहेको छ।

एक वर्षमा विराटनगर भन्सारबाट ४० अर्ब राजस्व संकलन

काठमाडौँ– एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल रु ४० अर्ब आठ करोड १९ लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको […]