उपमेयर विशन राईले १५ वटा वडा रहेको जिल्लाकै ठुलो नगरपालिकाका ११ वडाका ५ सय २३ घरधुरी किसानलाई नेपियर र अम्लिसो जातका उन्नत घाँसको बिरुवा खरिद गरेर वितरण गरेका हुन्।...
खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयरले नगरभित्रका टोल–टोलका किसानहरुलाई घाँसको बिरुवा बितरण गरिरहनुभएको छ । नगरपालिकाका उपमेयर बिसन राईले आफ्नो तलबबाट सुपर नेपियर घाँसको विरुवा खरिद गरी वितरण गरिरहनुभएको हो । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यवसायिक बनाउँन सबै वडाका किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण […]
मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् ।समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरुपमा जडीबुटी खेती र घाँसको बिरुवा रोपेर बाख्रापालन गरी आम्दानी गर्न सहयोग पुगेको बताइन्। उनले भनिन्, “यसरी आम्दानी गर्न सकिन्छ जस्तो लागेको थिएन, गरे नहुने केही रहेनछ ।&rdq
मंसिर १४, तनहुँ । बन्दिपुर गाउँपालिकाले गाउँपालिकालाई मासु र दूध क्षेत्रमा ‘हब’ बनाउने गरी पशुपालन व्यवसायलाई प्राथामिकता दिएको छ ।
पशुपालन किसानलाई प्रोत्साहन गर्न दूध तथा मासुमा अनुदानका कार्यक्रमलाई प्राथमिकता दिएको र पाँच वर्षभित्र आत्मनिर्भर बनाउने लक्ष्यसहित बन्दिपुर–१ नहालामा पशुपक्षी विकास शाखाको भवन निर्माण गरेर सेवा दिन थालेको छ ।
छलिमाया श्रेष्ठले करीब रू. एक करोड मूल्य बराबरको १९ आना जग्गा निःशुल्कः उपलब्ध गराएपछि नेपाल लाइभस्टक सेक्टर इनोसेसन (एनएलएसआइपी)को सहयोगमा रू. एक करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
गाउँपालिकाले दूध प्रतिलिटर एक रुपैयाँ अनुदान दिनाका साथै मासु उत्पादनमा पनि प्रोत्साहनका लागि अनुदान दिने तयारी गरेको छ । यस भवनबाट पशुपालन किसानलाई दिइने सेवा, उत्पादन वृद्धि, पशुमा कृत्रिम गर्भाधान, प्रयोगशाला, प्राविधिक सुझाव, घाँसको बिरुवा वितरण र आवश्यक सिफारिस दिन सहज भएको पशुपक्षी विकास शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए ।
उक्त भवनबाट सेवा प्रवाह गर्न थालेसँगै गाउँपालिकाका व्यावसायिक पशुपालन किसानलाई थप प्रोत्साहन गर्न सहज भएको उनले बताए । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न थालेकाले यसतर्फ उनीहरूकोे आर्कषण बढ्दै गएको हो । रासस