बुटवलमा सडकको हविगत उस्तै, धुलाम्मे सडकले स्थानीयलाई सास्ती

‘अर्थमन्त्रीको बुटवल यात्रा : पाँच वर्षपछि आउँदा पनि सडकको हविगत उस्तै ।’ आज भन्दा ३ वर्ष अघि २०७५ असोज ८ गते रातोपाटीमा छापिएको समाचारको शीर्षक हो यो । उक्त समाचार छापिएकै दिन तत्कालीन अर्थमन्त्री युवराज खतिवडा बुटवल उद्योग वाणिज्य संघको ६५ औँ साधारण सभालाई सम्बोधन गर्न आइपुगेका थिए । उनले भनेका थिए, ‘म पाँच वर्ष अघि आउँदा पनि बुटवल–बेलिहिया सडकमा धुलो उडेको थियो, अहिले आउँदा पनि उस्तै देखेँ ।’मन्त्रीले नै त्यस्तो देखेपछि सर्वसाधारणले मन्त्रीसँग सडकको हविगतबार