बिहीबार बिहान पाल्पामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानीस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरमा माथिबाट आएको पहिरोले पुरेर एक बालकसहित २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वीरबहादुर गुरुङ र स्थानीय रमेश परियार र पूजा परियारका ४ वर्षीय छोरा आरोप परियार रहेका छन् । मृतक बालकको दिउँसो शव फेला परेको पाल्पा प्रहरीले जानकारी दिएको छ । मृतक बालकका बाबुआमा दुबै घाईते भई पाल्पाको प्रभास अस्पतालमा उपचाररत रहेका छन् ।