पर्सामा जसपाको समानान्तर समिति, जिल्लाको विवादले प्रदेशमा पनि ध्रुवीकरण

सत्तारुढ जनता समाजवादी पार्टी नेपालको पर्सा जिल्ला समितिमा विवाद बढेको छ । पछिल्लो साता दुई समूहले बेग्लाबेग्लै जिल्ला समन्वय समिति गठन गरेका थिए । सो विवादका बारेमा पार्टीको मधेस प्रदेश समिति पनि विभाजित देखिएको छ ।संस्थापन पक्षसँग असन्तुष्ट रहेको समूहले माघ २ मा मञ्जुर अन्सारीको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरेको थियो । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पक्षधर रहेका पूर्व अध्यक्ष रामनरेश यादव पक्षले भने गत शुक्रबार नै अलग्गै भेला गरी जिल्ला समिति पुनर्गठन गरेको थियो ।जसपाको मधेस प्रद