काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधीलाई छाडेर सुशासनको कुरा गरेको भन्दै आलोचना गरेका छन्।प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर मंगलबार सम्बोधन गर्दै ओलीले नेपालगन्जमा दिनदहाडै खुँडा प्रहार गरी मान्छे मार्नेलाई सरकारले छाडेको भन्दै आलोचना गरे। ‘यही हो सरकारको सुशासन?’ ओलीले भने, ‘अदालतले जन्मकैद तोकेको मान्छेलाई दुई चार वर्ष जेलमा राखेर छोडिएको छ । नेपालगन्जमा पीडित परिवार पुरै त्रासमा छ ।’उनले एसिड आक्रमणकारीलाई समेत उन्मुक्ति दिइएको भन्दै आल