काठमाण्डौ – मुस्ताङको कागबेनीमा बाढी पसेका घर तथा संरचनाको सफाइ र मर्मतको काम शुरु भएको छ ।
आइतवार राति बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी आएपछि २९ वटा घर तथा खानेपानी, बिजुली, विद्यालय, धर्मशालालगायतका संरचनामा क्षति पुगेको छ । कागबेनी बजार नै बगर भएको छ ।
क्षति पुगेका भौतिक संरचनाको सरसफाइ तथा खानेपानी र बिजुलीको व्यवस्थापन थालिएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयो ।
बाढीपीडितलाई पालिका र प्रशासनको सहयोगमा सुरक्षित ठाउँमा राखिएको छ । स्थानीयबासिन्दा समाजका ...