काठमाडौं : सत्ता सहकार्यका लागि प्रचण्ड–माधव समूहको नेकपासँग छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका जनता समाजवादी पार्टी (जसपा) नेताहरूले प्रचण्ड–माधव समूहलाई तपाईंहरूको कुन पार्टीको हो भनेर प्रश्न गरेका छन्। नेकपाको प्रचण्ड–माधव समूहसँग छलफल गर्न पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पुगेका थिए। बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवले राजनीतिक परिस्थितिअनुसार सहकार्य गरेर अघि बढ्न प्रस्ताव