सञ्चार तथा सूचना प्रविधितर्फ ८ अर्ब ७१ करोड रूपैयाँ विनियोजन

काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ का लागि सञ्चार मन्त्रालयको लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा मन्त्रालयको बजेट सामान्य बढाएको छ। अर्थमन्त्री महतले आधुनिक जीवनको आधार सूचना प्रविधि र सञ्चार मान्यतालाई आत्मसात् गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइने बताए।उनले नागरिकको सुसूचित हुने हक सु