टी–२० विश्व कपकाे छनाेट खेल्न नेपाली टाेली ओमान प्रस्थान गर्‍याे

काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । टोली केहीबेरअघि ओमान प्रस्थान गरेको हो । दिउँसो युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गर्नुभएको थियो । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मन्त्री गहतराजले बिदाइ गर्नुभएको हो । नेपाली टोली आज राति साढे आठ बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ । मन्त्री गहतराजले विश्व कपमा छनोट भएर आउ...