काठमाडौँ – नेपाल बार एशोसियसनका पदाधिकारी एवं वरिष्ठ अधिवक्ताहरुले चोलेन्द्र शमशेर राणाबाट न्यायालय नचल्ने दाबी दोहोर्याएका छन्। आइतबार राणाको राजीनामा माग्दै सर्वोच्च परिसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राजीनामा जति ढिलो भयो उति हानि हुने उल्लेख गरेका हुन्। अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश राणाको सम्पत्ति नै छानबिन हुनुपर्ने माग गरे। राणाले न्यायिक […]