पर्सा : कोरोना कहरको दोस्रो लहरमा संक्रमणको 'चेनब्रेक' गर्न पर्सामा दुई हप्ताबाट निषेधाज्ञा जारी छ। कोरोना संक्रमणबाट भटाभट मानिसको मृत्यु पनि भइरहेको छ।यो कहरबाट आम मानिसलाई बचाउन भीडभाड र एक आपसको भेटघाटबाट संक्रमण सर्न नपाओस् भनी स्थानीय प्रशासनले निषेधाज्ञा जारी राखेको छ। यस्तो समयमा पनि अवैध हुण्डी कारोबारी भने सल्बलाइरहेका छन्। निषेधाज्ञाकै समयमा हुण्डी रकमसहित चार अभियुक्त पर्सामा पक्राउ परेका छन्। पक्राउ परेका अभियुक्तसँग ८२ लाख ५० हजार हुण्डी र