गभर्नरमाथि राष्ट्रियसभामा पनि आलोचना, छानबिनको माग

काठमाडौं : राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।बिहीबार राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन्। उनले नियम, कानुन, मूल्य मान्यता, गल्ती र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे।उनले भने,‘नियम कानुन मू