खपत बढाउन प्रोत्साहन हुने गरी नयाँ विद्युत् महसुल दर

काठमाडौं । विद्युत् नियमन आयोगले प्रचलित विद्युत् महसुल दरलाई औसतमा १ दशमलव शून्य ४ प्रतिशतले घटाएर नयाँ दर लागू गरेको छ । आयोगले निर्यातबाहेकका उपभोक्ताको हकमा उक्त अनुपातमा महसुल दर घटाएको हो । नेपाल विद्युत् प्राधिकरणले गत भदौ १५ गते नयाँ विद्युत् महसुल दरको मस्यौदा पेश गरेको थियो । आयोगले सरोकारवालाहरूको राय सुझावसहित सार्वजनिक सुनुवाइ नै गरेर प्रस्तावित महसुल दरलाई गत सोमवार अन्तिम रूप दिएको हो । नयाँ विद्युत् महसुल दर भने बुधवार औपचारिक रूपमा सार्वजनिक गरिएको छ, जुन मङ्सिर १ गतेबाट लागू हुने आयोगको भनाइ छ । आयोगले ५ एम्पियरबाट मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई विद्युत् शुल्क नलाग्ने व्यवस्था गरेको छ । उनीहरूले मासिक न्यूनतम ३० रुपैयाँ भने तिर्नुपर्नेछ । यसबाट झन्डै २२ लाख ग्राहक लाभान्वित हुनेछन् । आयोगले गार्हस्थ्य महसुल दर औसतमा २ दशमलव ८४ प्रतिशतले घटाएको छ । त्यसमा सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको २५ रुपैयाँले घटाएर क्रमशः रू. १००,  रू. १२५ र रू. १५० कायम गरिएको छ । सिंगल फेजबाटै मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्क पनि २५ रुपैयाँले घटाइएको छ र क्रमशः रू १५०, रू. १७५, रू. २०० र रू. २५० कायम गरिएको छ । सिंगल फेजबाट आपूर्ति लिएर मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य उपभोक्ताको विद्युत् शुल्क ५० पैसाले घटाएर प्रतियुनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । सिंगल फेजबाट आपूर्ति लिएर मासिक ४०० युनिटभन्दा माथि विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको शुल्क १ रुपैयाँले घटाएर प्रतियुनिट ११ रुपैयाँ कायम गरिएको आयोगको भनाइ छ । विद्युत्को आन्तरिक खपत बढाउने गरी नयाँ महसुल दर लागू गरिएको आयोगका सदस्य रामप्रसाद धितालले बताए । ‘आशा छ, अब विद्युत् खपतमा वृद्धि हुनेछ,’ उनले भने । सरकारको नीतिअनुरूप गार्हस्थ्य उपभोक्तालाई इन्डक्शन चूल्होजस्ता घरायसी विद्युतीय उपकरणमा प्रोत्साहन हुने गरी नयाँ महसुल दर ल्याइएको उनको भनाइ छ । विद्युतीय सवारीसाधनको उपयोग बढाउन थ्री फेजबाट विद्युत् आपूर्ति लिने ग्राहकको हकमा भने मौसमी महसुल दर लागू गरिएको छ । अब त्यस्तो ग्राहकलाई असारदेखि कात्तिकसम्म वर्षायामको महसुल दर र मङ्सिरदेखि जेठसम्म सुक्खायामको महसुल दर लागू हुने आयोगको भनाइ छ । ल्ट) बाट ४०० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य उपभोक्ताको वर्षायामको इनर्र्जी शुल्कप्रति युनिट रू. १ ले घटाएर १० रुपैयाँ ५० पैसा कायम गरिएको छ । यस्तै, मासिक ४०० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इजर्नी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाएर प्रतियुनिट १० रुपैयाँ ५० पैसा र सुक्खायामको इनर्जी शुल्क ५० पैसाले घटाएर ११ रुपैयाँ ५० कायम गरिएको छ । ११÷३३ किलोभोल्टबाट आपूर्ति लिई मासिक १००० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रतियुनिट ५० पैसाले घटाएर १० रुपैयाँ ५० पैसा कायम गरिएको छ । १००० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाएर १० रुपैयाँ ५० पैसा र सुक्खायामको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँले घटाएर ११ रुपैयाँ कायम गरिएको छ । सिँचाइ उपभोक्ता वर्गको महसुल दर भने औसतमा ४० दशमलव ६९ प्रतिशतले घटाइएको उनले बताए । त्यसमा टीओडी मिटरमार्फत ३३ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ५ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ १५ पैसाले घटाएर २ रुपैयाँ कायम गरिएको छ । यस्तै, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ७० पैसाले घटाएर ३ रुपैयाँ कायम गरिएको छ । टीओडी मिटरमार्फत ११ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको राति ११ बजेदेखि बिहान ५ बजेसम्मको इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाएर २ रुपैयाँ कायम गरिएको छ । साथै, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको इनर्जी शुल्क प्रतियुनिट १ रुपैयाँ ६५ ले घटाएर ३ रुपैयाँ १० पैसा कायम गरिएको छ । टीओडी मिटर नराखी ३३ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २ रुपैयाँ ३० पैसाले घटाएर २ रुपैयाँ ५० पैसा कायम गरिएको छ । ११ केभीबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क भने प्रतियुनिट २ रुपैयाँ ३० पैसाले घटाएर २ रुपैयाँ ६० पैसा कायम गरिएको छ । साथै, २३०/४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क भने प्रतियुनिट २ रुपैयाँ ०५ पैसाले घटाएर २ रुपैयाँ २५ पैसा कायम गरिएको छ । ‘नेपालको धेरै मानिस कृषिमा आबद्ध छन् । अर्थतन्त्रमा यसको योगदान पनि ठूलो छ,’ उनले भने, ‘त्यस्ता विषयलाई दृष्टिगत गर्दै सरकारको नितीगत उद्देश्यमा सहयोग पुग्ने गरी ट्युबवेल आदि सञ्चालन गर्ने सिँचाइ उपभोक्ताको हकमा महसुल घटाएका छौं ।’ यस्तै, सामुदायिक थोक उपभोक्ताले आफ्नो ग्राहक संख्या गुणा ३० बराबरको मासिक न्यूनतम शुल्क बुझाउने गरी र त्यसबापत आफ्नो ग्राहक संख्या गुणा २० बराबरको युनिट विद्युत् निशुल्क प्राप्त गर्ने छन् । त्यसभन्दा बढी विद्युत् ऊर्जा परिमाणका लागि इनर्जी शुल्क साबिककै रहनेछ । अन्य उपभोक्ताको हकमा भने प्रचलित महसुल दर नै कायम हुने बताइएको छ । साथै, सिंगल फेज तथा थ्री फेजबाट विद्युत् खपत गर्ने उपभोक्ताले मिटरको क्षमता वृद्धि गर्दा लाग्ने दस्तुर पनि निःशुल्क गरिएको छ । यस्तै, प्राधिकरणले उद्योगको डिमान्ड शुल्क बढाउने प्रस्ताव भने खारेज गरेको छ । प्राधिकरणले डिमान्ड शुल्क १०० रुपैयाँ बढाएर ३५० पु¥याएको थियो । तर, अब साविककै अनुसार अर्थात् २५० नै कायय हुने बताइएको छ ।

सम्बन्धित सामग्री

विद्युत् महसुल नतिर्ने ४५६ ग्राहक कालोसूचीमा

लामो समयदेखि विद्युत् महसुल नबुझाउने चार सय ५६ ग्राहकलाई कालो सूचीमा राखिएको छ।

विद्युत् महसुल नतिर्ने ४५६ ग्राहक कालोसूचीमा

लामो समयदेखि विद्युत् महसुल नबुझाउने चार सय ५६ ग्राहकलाई कालो सूचीमा राखिएको छ।

विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो !

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर झन्डै ५० करोड रुपैयाँ असुल गरिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताउनुभयो । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकको लाइन काटिरहेका छन् ।विद्युत महसुल सङ्कलन विनियमावली २०७८ बमोज...

विद्युत् महसुल नबुझाएरै सञ्चालित दाङका दुई सिमेन्ट उद्याेग

दाङ – दाङका दुई सिमेन्ट उद्याेगले लामाे समयदेखि विद्युत् महसुल बुझाएका छैनन् । घोराही सिमेन्ट उद्योग र सोनापुर सिमेन्ट उद्योगले विद्युत् महसुल नै नबुझाई उद्योग चलाइरहेका छन् । घोराही सिमेन्ट उद्योगले १९ महिनाको १ अर्ब २८ करोड ६८ लाख १२ हजार ६१३ रुपैयाँ ५२ पैसा विद्युत् महसुल तिर्न बाँकी छ । यस्तै सोनापुर सिमेन्ट उद्योगले २४ महिनाको ७१ करोड ५७ लाख ६३ हजार ९५३ रुपैयाँ ४५ पैसा तिर्न बाँकी रहेको छ । विद्युत् महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रले पटक पटक ताकेता नगरेको पनि होइन ...

अब शनिबार विद्युत् महसुल काउन्टर बन्द हुने

२४ असोज, काठमाडौं । अब शनिबार विद्युत् महसुल संकलन काउन्टर बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले केही वितरण केन्द्रहरुमा शनिबार पनि महसुल काउन्टर चलाउँदै आएको छ । तर, एक सूचना जारी गर्दै प्राधिकरणले कात्तिक महिनादेखि शनिबार यस्ता काउन्टर नखुल्ने जानकारी दिएको हो । शनिबार मात्रै कार्यालय बिदा हुने हुँदा महसुल तिर्न सहज होस् […]

गाउँपालिकाद्वारा विद्युत् महसुल तिर्न सुरु

काठमाडौँ । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सबै घरधुरीमा न्यूनतम विद्युत् महसुल तिरिदिन सुरु गरेको छ ।  पालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र बसोबास गर्ने पाँच हजार पाँच सय २४ घरधुरीका नागरिकको विद्युत् महसुल भुक्तानी गरिदिएको हो ।  पालिकाले सामुदायिक विद्युत् प्रयोग गर्ने नागरिकको हकमा दश युनिट र नेपाल विद्युत् प्राधिकरणको विद्युत् […]

गाउँपालिकाद्वारा विद्युत् महसुल तिरिदिन सुरु

गुल्मी – गुल्मीकाे गुल्मीदरबार गाउँपालिकाले सबै घरधुरीमा न्यूनतम विद्युत् महसुल तिरिदिन सुरु गरेकाे छ । पालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र बसोवास गर्ने पाँच हजार पाँच सय २४ घरधुरीका नागरिकको विद्युत् महसुल भुक्तानी गरिदिएको हो ।  पालिकाले सामुदायिक विद्युत् प्रयोग गर्ने नागरिकको हकमा दश युनिट र नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रयोग गर्नेहरूको हकमा न्यूनतम २० युनिटसम्मको महसुल रकम भुक्तानी गरिदिएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिनुभयाे । प...

२० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ । विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो । नगरपालिकाको न्युनतम २० युनिटसम्मको महसुल तिरिदिने भएपछि विद्युत् प्राधिकरणलाई समेत फाइदा पुगेको छ । नगरपालिकामा चार हजार छ सय घरधुरीले विद्युत् सेवा लिँदै आएका छन् । यी ग्राहकको न्यूनतम २० युनिटसम्मको विद्युत् महसुल रु एक लाख ३५ हजार नगरपालिकाले प्राधिकरणलाई बुझाउने छ । नगर कार्यपालिकाको

म्याङ्लुङवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

तेह्रथुमको– म्याङ्लुङ नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ । विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो । नगरपालिकाको न्युनतम २० युनिटसम्मको महसुल तिरिदिने भएपछि विद्युत् प्राधिकरणलाई समेत फाइदा पुगेको छ । नगरपालिकामा चार हजार छ सय घरधुरीले विद्युत् सेवा लिँदै आएका छन् । यी […]

नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले नगर क्षेत्रभित्र २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल तिरिदिन थालेको छ। विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको थियो।  नगरपालिकाको न्युनतम २० युनिटसम्मको महसुल...