बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयलाई अब नेपाली काँग्रेसले महत्त्व नदिने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टी, खासगरी मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सहमति कार्यान्वयनमा चासो नदिएको आरोप लगाएको काँग्रेसले सरकारको नेतृत्वकै लागि मरिहत्ते भने नगर्ने प्रस्ट पारेको हो ।बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आधा–आधा कार्यकाल नेतृत्व गर्ने भन्नेबारे सहमति भएको दाबी गरे । ‘आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने भनेर समझदारी भएकै हो, दस्त